हवाइ इन्धनको मूल्य घट्यो

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, २० : ३८
हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फको साविकको बिक्री मूल्य प्रति लिटर रु १० घटेको छ । जसअनुसार बिक्री मूल्य रु १५० कायम भएको छ ।

यस्तै अन्तर्राष्ट्रियतर्फको साविक विक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर २०० घटेर नयाँ बिक्री मूल्य १,१५० कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस