कोशीका मुख्यमन्त्रीलाई राजेन्द्र राईले भने : बजेटअघि विश्वासको मत लिनुस्

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, १६ : ३९
कोशीका मुख्यमन्त्रीलाई राजेन्द्र राईले भने : बजेटअघि विश्वासको मत लिनुस्

विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन् ।बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री अल्पमतमा परेकाले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउन आग्रह गरेका हुन् ।

 

कोशी प्रदश सरकारले बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र असार १ गते बजेट ल्याउनुपर्नेछ ।माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् । एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राईले नैतिक र कानुनी रुपमा पहिला विश्वासको मत लिएर मात्रै बजेट ल्याउनुपर्ने बताए ।

उनले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा नै बजेट पेश गर्न पनि आग्रह गरे । ‘प्रदेशसभामै बजेट ल्याउनु पर्छ, यो बाटो (अध्यादेश) को बाटोमा नजानू’ उनले भने ।

प्रतिक्रिया दिनुहोस