पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी अपनाउनुस उपाय..

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, ०९ : २७
पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी अपनाउनुस उपाय..

काठमाडौं । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।

१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।

३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।

५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।

प्रतिक्रिया दिनुहोस