काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आइतबारको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि आजै रहेको छ । यस्तै, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ
अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन् ।
बजेटमाथि आइतबार पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री