नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् ।
उनले विकासलाई राजनीतिक रङ्ग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रस्ट पारे । नवलपरासीको बर्दघाट नगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरूलाई समान नजरले हेर्ने गरेको प्रस्ट्याए ।
‘मेरो आँखाका अगाडि विकासको कुरा गर्दा सबै समान छन् । यो दल, त्यो दल भन्दिन,’ उनले भने, ‘विकासका योजनालाई गुण र दोषका आधारमा मात्रै देख्छौँ । त्यसका बारेमा हामी लागिरहेका छौँ र लागिरहनेछौँ ।’ नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले आफूले क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरिरहेको बताए ।
नवलपरासी १ का सबै पालिकाको समान विकासमा आफ्नो जोड रहेको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीलाई बयानमा बोलाउँदै अख्तियार
विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन
बयानपछि विनोद चौधरीले भने- स्टन्ट गर्नेहरूलाई मैले चरित्रको सर्टिफिकेट देखाउनु पर्दैन
बाँसबारी जग्गा प्रकरण : सरकारी वकिलको कार्यालयमा विनोद चौधरीको बयान जारी
सोधपुछ गर्नेबारे उद्योगपति विनोद चौधरी अनभिज्ञ
बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन