धनगढी । कैलालीमा मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु भएको छ ।
जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जादै गर्दा ठेकीमा खसेकी थिइन्। डगौरा आफै पछाडिबाट खसेपछि टाउकोमा गम्भिर चोट लागेको थियो ।
उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
विषालु सर्पले टोकेर एक महिलाको मृत्यु
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु
दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु
ट्रकको ठक्करबाट अमेरिकामा नेपाली महिलाको मृत्यु