काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले बजेट बनाउने क्रममा बिचौलियालाई छेउछाउमा समेत आउन नदिएको बताएका छन् । बजेटमार्फत लिइएका कर नीतिमा चलखेलको आरोप लागेपछि अर्थमन्त्री डा. महतले बिचौलिया छेउछाउ समेत आउन नपाएको बताएका हुन् ।
बजेट बनाउनुअघि अधिकांश निजी क्षेत्रको सुझाव र सल्लाह समेटेर आर्थिक विधेयक बनाएको समेत उनको भनाई छ । निजी क्षेत्रको सुझाव सुनेर समग्ररुपमा विश्लेषण गर्दै जरोमा पुगेर करको दर वैज्ञानिक बनाएको अर्थमन्त्रीले बताए ।‘प्रत्येक वर्ष छुटमाथि छुट दिँदै जाँदा करको अवस्था कमजोर भइरहेको थियो,’ उनले भने, ‘अब छुटका दरमा भ्याटलाई प्रवेश गराइएको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १५ : ०६
लेखकबाट थप