रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १९ जेठ २०८०, १० : ४४
रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

भ्याटिकन सिटी । रुस– युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठा बिरोध प्रर्दशन भएको छ । जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन् । उनी सो क्रममा चर्चको मुख्य वेदीमा लुगा बिना नै उभिएका थिए । ‘उक्त व्यक्तिको पछाडि युक्रेनका बालबालिकालाई बचाउन माग गर्दै नारा लेखिएको थियो’ त्यहाँस्थित तैनाथ सुरक्षाकर्मीले रोयर्टसलाई भने ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो घटना बिहीबार दिउँसो चर्च बन्द हुनु अघि भएको हो। त्यहाँस्थित क स्रोतले भने कि प्रदर्शनकारीले आफ्नो शरीरलाई नङले कुँजाएका थए । सो प्रदर्शन गर्ने ब्यक्तिलाई भ्याटिकनका गार्डले प्रहरीलाई जिम्मा लगाएका थिए । यद्यपि उक्त व्यक्तिको परिचय भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस