लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १२ : ५५
लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक

चितवन । असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल सार्वजनिक भएको छ । नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा अडियो जिंगल सार्वजनिक गरेका हुन् ।

नायक अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरुलाई हौसला मिल्ने बताए । नायिका प्रियंका कार्कीले फिल्मी अवार्ड कलाकारहरुका लागि उत्सव भएको बताइन् । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्य सहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम हुन लागेको हो ।

अडियो जिंगलमा आनन्द कार्की, सरिता शाहीको स्वर रहेको छ । हरि कार्की 'लक्की' को शव्द, राजु सिंहको संगीत , मनोहर सुनाम म्युजिक एरेन्जर, भोला पौडेल रेकर्डिङ/मिक्स मास्टर रहेका छन् । साउन्ड रेकर्डिङ स्टुडियोमा जिंगल रेकर्ड गरिएको हो । फिल्मी अवार्डमा देशभरबाट सिनेकर्मी, कलाकारहरु सहभागि हुनेछन् ।

फिल्मी अवार्ड कार्यक्रम लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । लक्की मिडियाका महाप्रवन्धक कार्कीले देशव्यापी प्रचार-प्रसार कार्य जारी रहेको बताए । अवार्ड वितरणका लागि जुरी टिम समेत निर्माण भैसकेको बताए । उनका अनुसार सिने क्षेत्रका दुई दर्जन बढी विधामा अवार्डहरु वितरण हुने छन् ।
 

प्रतिक्रिया दिनुहोस