राप्तीको शिखरबस्तीमा शिवपुराण महायज्ञको तयारी

शनिबार, १२ साउन २०७५, १३ : ३६
राप्तीको शिखरबस्तीमा शिवपुराण महायज्ञको तयारी

चितवन । राप्ती नगरपालिका वडा नम्बर पाँच शिखरबस्तीमा रहेको ओमकारेश्वर शिवालय मन्दिरमा साउनको अन्तिम साता शिवपुराण महायज्ञ लगाइने भएको छ । महायज्ञ सम्पादन मूल समारोह समितिले शनिबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञबारे जानकारी गराएको हो ।
आयोजक समितिका संयोजक अग्निप्रसाद सिलवालले पाँच कठ्ठा जमिन रहेको यस मन्दिरमा सत्तल निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताउनु भयो । महायज्ञबाट ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको उहाँले बताउनु भयो । 
राप्ती नगरपालिका वडा नम्बर पाँचकी अध्यक्ष मेनका पाठकले यस वडामा सार्वजनिक जग्गा धेरै नभएकोले शिखरबस्तीमा रहेको शिवालयमा सत्तल र सार्वजनिक भवन निर्माणको काम अगाडि बढाइएको बताउनु भयो । 
वडा कार्यालयले गत आर्थिक वर्षमा सहयोग गरेको आठ लाख रुपैयाँले सत्तल र सार्वजनिक भवन निर्माणको काम सुरु भइसकेको मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष विनिता पाण्डेले बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस