रोटरी क्लब अफ चितवनको पद हस्तान्तरणमा यस्तो भन्नुभयो महानगर प्रमुख दाहालले

शुक्रबार, ११ साउन २०७५, २२ : १०
रोटरी क्लब अफ चितवनको पद हस्तान्तरणमा यस्तो भन्नुभयो महानगर प्रमुख दाहालले

चितवन । रोटरी क्लब अफ चितवनको शुक्रबार भरतपुरमा एक कार्यक्रमबीच पद हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दहाल प्रमुख अतिथि रहनु भएको थियो । 
प्रमुख अतिथि दाहालले रोटरी क्लब अफ चितवनले स्थापना गर्न लागेको ५० बेडको स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रको लागि भरतपुर महानगरपालिकाले वडा नम्बर तीनमा रहेको एक बिघा जग्गा उपलब्ध गराएको जानकारी गराउनु भयो । उहाँले पुनस्र्थापना केन्द्रको सञ्चालनपछि देशैभरका स्पाइनल इञ्जुरी भएकाहरुले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा रोटरी क्लब अफ चितवन रोटरी वर्ष २०१७÷१८ का अध्यक्ष शरदगोपाल न्याछ्योंले वर्ष २०१८÷१९ का अध्यक्ष कपिलबाबु खनाललाई पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर योगेन्द्रमा प्रधान, दिलेन्द्रराज श्रेष्ठ, रविन्द्रकुमार पिया, निवर्तमान डिष्ट्रिक गभर्नर संजय गिरी, एसिस्टेन्ट गभर्नर डा. केशवराज भुर्तेल, स्पाउस क्लबकी कविता चुके लगायतले बोल्नु भएको थियो । 
रोटरी क्लब अफ चितवनका निर्वाचित अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा चितवन रोटरी क्लबद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो । निवर्तमान अध्यक्ष शरदगोपाल न्याच्छ्योंको कार्यकालमा विशेष योगदान पु¥याउनु हुने बोर्डका सदस्यहरुलाई मायाको चिनो वितरण गरिएको कार्यक्रममा मनोनित अध्यक्ष रोशन पियाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस