काठमाडौं उपत्यकासहित बागमतीमा घट्यो गाडी भाडा

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, ११ : १२
काठमाडौं उपत्यकासहित बागमतीमा घट्यो गाडी भाडा

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाइएको छ ।उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ।

हाल २० रुपैयाँ छ।नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

प्रतिक्रिया दिनुहोस