कांग्रेसद्वारा पुनः संसद बैठक अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०७५, १४ : २६
कांग्रेसद्वारा पुनः संसद बैठक अवरुद्ध

काठमाडौं  । प्रमुख विपक्षी काङग्रेसले सरकार र डा.गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिको ड्राफ्ट सांसदहरुलाई उपलव्ध नगरिएको भन्दै संसद बैठक अवरुद्ध गरेको छ । बैठक सुरु भएपछि काङग्रेस सांसदहरुले सहमतिबारे सदनलाई जानकारी गराउन माग गरेका थिए । काङग्रेस सांसद डा.मिनेन्द्र रिजालले सहमतिबारे जानकारी गराउन माग गरेका थिए ।

लगत्तै शिक्षामन्त्रीले सहमतिबारे जानकारी गराएका थिए । तर, शिक्षामन्त्रीले गराएको जानकारीमा चित्त नबुझेको भन्दै काङग्रेस सांसद उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्गथगित गरेको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस