‘ए’ डिभिजन लिग : आर्मीकाे सहज जित

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, २० : ४०
‘ए’ डिभिजन लिग : आर्मीकाे सहज जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार आर्मीले फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले हराएको हो ।

आर्मीको यो सातौं जित हो । आर्मीले २० खेलमा २९ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ । फ्रेन्ड्सले २० खेलमा २१ अंक जोडेको छ । फ्रेन्ड्स १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस