काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता नहुने बताए ।
‘भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ । यसलाई अघि बढाउनुपर्छ । पदाधिकारी बैठकले सरकार खुट्टा नकमाएर अघि बढोस् हामी समर्थन गर्न तयार छौं भनिसकेको छ’ महराले भने, ‘यो प्रकरणमा प्रधानमन्त्रीसहित ओली देउवाबीच भेटघाट भइराखेको छ । यस विषयमा आशंका व्यक्त भएको छ । यो कतै सम्झौता हुन्छ कि भन्ने छ । यो सम्झौता गर्ने विषय होइन ।’ प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओली सक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा छलफल हुने गरेको महराले बताए ।
जनमुक्ति सेनाको विषयमा संसदमा उठेपनि कुनै आर्थिक हिनामिना नभएको उनले बताए । ‘जनमुक्ति सेनाको क्याम्पको विषय संसदमा उठेको छ । त्यसमा म पनि सहभागी छु । साढे ६ वर्ष जनमुक्ति सेनाको रेखदेख राज्यले लियो । सबैभन्दा पहिलेको ५ महिना सेनाको क्याम्प व्यवस्थापन भनेर मैले ४६ करोड रुपैयाँ बुझेको थिए’ महराले भने,‘अरु झण्डै २० अर्ब रुपैयाँ खर्च भएको छ होला । त्यो सबै बजेट शिविर व्यवस्थापन कार्यालयबाटै खर्च भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ