काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नुवाकोटको सात तले दरबारको मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आइतबार सकेको संसद्को शून्य समयमा बोल्दै उनले नुवाकोटको सात तले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा रहेको बताए ।
‘राष्ट्रिय एकीकरणको महत्त्वपूर्ण थलोको रूपमा रहेको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको नुवाकोटको साततले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा छ । मर्मत सम्भार हुन सकेको छैन । त्यतातिर सरकारको ध्यान जाओस् ।’नुवाकोट सम्पदा बस्ती विकास आयोजनाको काम अगाडि बढाउन पनि सांसद केसीको माग छ । यस्तै उनले नुवाकोटवासीलाई खानेपानीको व्यवस्था गराउन पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले प्रश्न गर्नेको फाइल खोल्ने धम्की दिनु संसदीय मर्यादामाथिको अपमान हो : अर्जुननरसिंह केसी
पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी