नुवाकोटको साततले दरबार मर्मत सम्भारमा ध्यान दिन सांसद केसीको माग

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १२ : १६
नुवाकोटको साततले दरबार मर्मत सम्भारमा ध्यान दिन सांसद केसीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नुवाकोटको सात तले दरबारको मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । आइतबार सकेको संसद्को शून्य समयमा बोल्दै उनले नुवाकोटको सात तले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा रहेको बताए । 

‘राष्ट्रिय एकीकरणको महत्त्वपूर्ण थलोको रूपमा रहेको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको नुवाकोटको साततले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा छ । मर्मत सम्भार हुन सकेको छैन ।  त्यतातिर सरकारको ध्यान जाओस् ।’नुवाकोट सम्पदा बस्ती विकास आयोजनाको काम अगाडि बढाउन पनि सांसद केसीको माग छ । यस्तै उनले नुवाकोटवासीलाई खानेपानीको व्यवस्था गराउन पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस