काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । शुक्रबार अपरान्ह बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
शुक्रबार अपरान्ह चार बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्नेछन् । सरकारले बनाएको आगामी बर्षको नीति तथा कार्यक्रम पारित गर्न सिंहदरवारमा केहीबेरमा मन्त्रिपरिषद बैठक पनि बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
राष्ट्रिय सभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक