स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १४ : ५१
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । सुनकोसी गाँउपालिका र एक एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको बिहीबार मन्त्री बस्नेतले उद्घाटन गरेका हुन् ।

 

१० श्ययाको लिफ्ट र अक्सिजन प्लाट सहितको यो अस्पताल भौतिक रूपमा सुविधा हरेको एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालका अध्यक्ष नेत्र कार्कीले बताए । २०७४ साल मंसिरबाट निर्माण सुरू भएको अस्तालल २०७९ साउन १ गतेबाट २४ घण्टै ईमर्जेन्सी सेवासहित उपचार सुरू भएको थियो ।मेजर अपरेशन बाहेकका सबै उपचारात्मक सेवा अस्पतालले प्रदान गर्दै आएको कार्कीले बताए ।

ठोकर्पा अस्पतालले इमर्जेन्सी, एक्से, प्रसुती, आँखा उपचार, दन्त सेवा, फारमेसी लगायतका सेवा दिँदै आएको छ । यस अस्पतालबाट एसएस एमसी सेवा अन्तरग जेष्ठ नागरिक र ओसीएमसी सेवा अन्तर्गत लैङ्गिक हिंसामा परेका ४ जना महिलाको निःशुल्क उपचार गरेको छ ।तीन सयभन्दा बढीको मोतिविन्दुको सफल अप्रेसन गरेको छ। अस्पतालले तीन हजार बढी बिरामीको उपचार गरेको छ। अस्पताल निर्माणमा भौतिक तथा आर्थिक सहयोग गर्ने दाताहरूलाई मन्त्रीले बस्नेतले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस