लामो दूरीको गाडी भाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १२ : ३१
लामो दूरीको गाडी भाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

 

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सबैभन्दा लामो रुट  काठमाडौं-अत्तरीया-मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।यस्तै, काठमाडौं-अत्तरीया-चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं-धनगढी-साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं-अत्तरीया-सिलगढीको २४०८,  काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ ।त्यसैगरी महेन्द्रनगर-काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत-धरानको २४४२ रुपैयाँ र काठमाडौं-जनकपुर ९०३, भाडा रहेको छ ।

प्रतिक्रिया दिनुहोस