फ्रेन्ड्सलाई हराउदै जावलाखेल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, २० : ११
फ्रेन्ड्सलाई हराउदै जावलाखेल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

१७ औं चरण अन्तर्गत आज भएको एकमात्र खेलमा फ्रेन्ड्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

जावलाखेले १७ खेलबाट ३० अंक जोडेको छ भने समान ३० अंक रहेको चर्च ब्वाइज हेड टु हेडको आधारमा जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

आजको खेलमा जावलाखेललाई जिताउन एनकोटी मासोआबीले २ गोल गर्दा फोडे फोफाना र राहुल राहुलले एक एक गोल गरेका थिए । फ्रेन्ड्सका श्यामबाबु क्यापछाकीले सान्त्वना गोल गरे ।

फ्रेन्ड्स १७ खेलमा १९ अंक सहित तालिकाको एघारौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस