तीन दिने शिशुको सफल शल्यक्रिया

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ०७ : ५५
तीन दिने शिशुको सफल शल्यक्रिया

काठमाडौं । पाटन अस्पतालमा एक नवजात शिशुको शरीरमा देखिएको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

गत १८ वैशाखमा जन्मिएका ती शिशुको कम्मरमुनिको भागमा ट्युमर देखिएपछि तीन दिनपछि २१ वैशाखमा सफल शल्यक्रिया भएको अस्पतालका कन्सल्ट्यान्ट न्युरोसर्जन डा. रूपेशजंग राउतले जानकारी दिए ।

अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख प्राडा प्रकाश विष्टको नेतृत्वमा तीनदिने नवजात शिशुको सफल शल्यक्रिया भएको हो । 

बच्चामा बिरलै दखिने यस्तो खालको ट्युमरको पाटनमा यो पहिलो सफल शल्यक्रिया भएको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस