काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्न बनाइएको कार्य तालिका तत्कालका लागि स्थगित गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएकाले पार्टी कार्यालयमा हुने भेटघाट तत्काल स्थगित गरिएको हो ।
माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्री र सल्लाहकार एवम् विज्ञलाई नियमित पार्टी कार्यालय पुगेर भेट्ने कार्य तालिका बनाएको थियो । गत आइतबारदेखि जेठ १५ गतेसम्म प्रधानमन्त्री सहित मन्त्रीको भेटघाट बन्द गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘अहिले बजेट निर्माण गर्ने चटारो छ । प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्ने कुराकानी गर्ने फुर्सद समेत छैन’ उपाध्यायले भने, ‘त्यसैले जेठ १५ गतेसम्मका लागि भेटघाट बन्द गरेका छौं । अब जेठ १६ गतेदेखि नियमित कार्य तालिका बमोजिम भेटघाटलाई निरन्तरता दिन्छौँ ।’ यदि अति आवश्यक काम भए प्रधानमन्त्री र मन्त्रीलाई सिंहदवारमा पुगेर भेट्न सकिने उपाध्यायले बताए ।
माओवादी पार्टीले आइतबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सोमबार पर्यटन मन्त्री सुदन किराँती, मङ्गलवार सल्लाहकार र विज्ञसँग भेटघाट र छलफल गर्ने कार्य तालिका बनाएको थियो । यस्तै बुधवार सामान्य प्रशासन मन्त्री सुदन किराँती, बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शुक्रवार प्रधानमन्त्री प्रचण्ड र शनिवार रेखा शर्माले भेट्ने कार्य तालिका बनाइएको थियो । प्रधानमन्त्रीसहित मन्त्रीले कार्य तालिका बमोजिम बेलुका ४ बजेदेखि ६ बजेसम्म पार्टी कार्यालयमा बसेर भेट्ने व्यवस्था गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड