कोरोनाभाइरस थप ३२ जनामा सङ्क्रमित

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, १६ : ३९
कोरोनाभाइरस थप ३२ जनामा सङ्क्रमित

काठमाडौँ । देशभर थप ३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप १२ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा, आईसीयूमा  ८ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा महामारी सुरु भएयता १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस