भरतपुरको भूमिगत विद्युतिकरणको काम ५० प्रतिशत सकियो, महानगर प्रमुख दाहालद्धारा निरीक्षण

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १३ : २६
भरतपुरको भूमिगत विद्युतिकरणको काम ५० प्रतिशत सकियो, महानगर प्रमुख दाहालद्धारा निरीक्षण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको भूमिगत विद्युतिकरणको निरीक्षण गरेकी छन्। भरतपुरको मुख्य सडकमा विद्युत, ईन्टरनेट, टेलिफोन लगायतको तारलाई भूमिगत गर्ने काम भईरहेको छ ।

प्रमुख दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भईरहेको कार्य प्रगति र काम भईरहेको स्थानबारे जिज्ञासा राखेकी थिइन् । अहिले ६ लेन सडक र बाईपास सडकमा धमाधम काम भईरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भईरहेको आयोजनाले जनाएको छ ।

भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई भूमिगत विद्युतिकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्रथामिकतामा राखिएको बताइन् । दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताइन् । भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ। आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ ।

आयोजनाका ईन्जिनियर आन्नद सुवेदीले भरतपुरको भूमिगतको कार्य तीब्र रुपमा अगाडि बढेको जानकारी दिए । भूमिगतका लागि विदेशबाट ल्याउनुपर्ने ८० प्रतिशत काम भएकाले र पाईप बिछ्याउने काम लगभग सकिएको बताए । उनले विदेशबाट सामान आएकाले अब हुने काम सहज ढडगबाट अघि बढ्ने सुवेदीले बताए । भरतपुर विद्युत प्राधिकरणका प्रमुख रामु श्रेष्ठले भूमिगत विद्युतिय प्रणालीले णाली सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस