ओमानले मलेसियालाई आठ विकेटले हरायो

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १६ : ४३
ओमानले मलेसियालाई आठ विकेटले हरायो

काठमाडौँ । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा ग-यो । ओमनका लागि  जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनलेएक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित उक सय एक रनको योगदान गरेका हुन । त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए ।

बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए । बलिङतर्फ ओमनका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई/दुई विकेट लिए । 

प्रतिक्रिया दिनुहोस