डीएलए चितवनद्धारा उम्मेदवारी घोषणा

सुरेन कुँवर

शुक्रबार, ०४ साउन २०७५, १८ : ४८
डीएलए चितवनद्धारा उम्मेदवारी घोषणा

चितवन । चितवन जिल्ला अदालत बार एशोसियसनको २० औ अधिवेशनका लागि प्रजातान्त्रिक लर्यस एशोसियशन (डीएलए) ले उम्मेदवारी घोषणा गरेको छ ।
भरतपुरमा (आज) शुक्रबार पत्रकार सम्मेलन मार्फत डीएलए ले अध्यक्षमा निलकण्ठ अधिकारी ,उपाध्यक्षमा हिरादत्त तिवारी ,सचिवमा धर्म वाग्ले ,कोषाध्यक्षमा बलराम पौडेल ,सहसचिवमा गोमा न्यौपानेलाई अघि सारेको भने महिला सदस्यमा पृथ्वी देवि सुवेदीलाई अघि सारेको जानकारी दिएको छ ।

त्यस्तै सदस्यहरुमा विष्णुहरि कोईरला ,रत्न भूवन श्रेष्ठ ,हरिहर दवाडी,विजय ढकाल,पूर्णचन्द्र चापागाई ,विनोद अधिकारी र शेखर पोखरेलको उम्मेदवारी परेको छ । डीएलएको तर्फबाट केन्द्रीय पार्षदमा राम प्रसाद अधिकारी, मुन्ना विक्रम खाती ,सिताराम अधिकारी ,श्रीराम दवाडी ,अर्जुन शर्मा पौडेल ,राजेन्द्र सिलवाल र सुरेशचन्द्र न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

डीएलएले प्राजातन्त्रको रक्षाका लागि डीएलएको नेतृत्व आवश्यक रहेको छ , डीएलए चितवनका अध्यक्ष विष्णु अर्यालले भने । देशलाई लोकतान्त्रीक मार्गमा डो¥याउन डीएलएको नेतृत्व केन्द्र र हरेक जिल्लामा हुनुपर्ने बताउनुभयो । देश अहिले अधिनायकबाद तर्फ गई रहेको छ ,उनले भने ,“पछिल्ला केहि घटनाबाट प्रष्ट हुन्छ । यस्ता घटनाले गर्दा देशमा डीएलएको नेतृत्व अभाव भएको महशुस हुन्छ ।”

यहि साउन २५ गते हुन लागेको चितवन जिल्ला अदालत बार एशोसियसनको २० अधिवेशनका लागि पीएलए र डीएलएलले आफ्ना उम्मेदवारहरु टुङगो लगाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस