एसीसी प्रिमियर कपमा सोमपालले बनाए अर्धशतक

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १३ : १५
एसीसी प्रिमियर कपमा सोमपालले बनाए अर्धशतक

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् ।ओमानविरुद्ध त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सोमपालले अर्धशतक बनाएका हुन् ।उनले ३९ बलमा सात चौकासहित अर्धशतक पूरा गरे ।

सोमपालले अविजित ६३ रन बनाए ।यसअघि नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । नेपालले टस हारेर पहिले ब्याटिङ थालेको थियो ।युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस