नेपाल लाइफले ल्यायो क्यास व्याक अफर

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ०८
नेपाल लाइफले ल्यायो क्यास व्याक अफर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा बीमा शुल्कको नविकरण ई–सेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागी ५ प्रतिशत वा २३० रुपैयाँ सम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरूले यो सुविधा वैशाख महिना भरि लिन सक्नेछन् । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको कम्पनीले बीमा शुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आइ.पी.एस, आई एम ई–पे र प्रभु–पे सँग सम्झौता गरेको छ । जकिा कारण अब यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस