नेपालविरुद्ध मलेसियाका कप्तानको अर्धशतक

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ११ : ०६
नेपालविरुद्ध मलेसियाका कप्तानको अर्धशतक

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाका कप्तान अहमद फैजले घरेलु टोली नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा जारी खेलमा कप्तान अहमद फैज ७० बलमा ७ चौकासहित ५२ रन बनाउँदै क्रिजमा छन् ।अहिलेसम्म मलेसियाले २५ ओभरमा १ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस