सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, २० : २२
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी

काठमाडौँ। राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र  अखरबेक उक्तामोभले समान एक एक गोल गरे ।

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो जित हो । फ्रेन्ड्सले ८ अंक जोडेको छ । हिमालयन शेर्पाको ९ अंक छ । त्यसैगरी आजै भएको अर्को थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबिचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित च्यासल रंगशालामा भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यस खेलसँगै थ्री स्टार र चर्च ब्वाइज क्लबले ९ खेलबाट समान १५ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस