चितवनमा असार महिनामा सवारी दुर्घटना बाट १४ जनाको मृत्यु

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, ०३ साउन २०७५, १७ : १३
चितवनमा असार महिनामा सवारी दुर्घटना बाट १४ जनाको मृत्यु

चितवन । चितवनमा गत असार महिनामा भएको २३ वटा सवारी दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत वर्षको असार महिनामा भएको २४ वटा सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

यस वर्षको गत असार महिनामै ५ हजार १ सय सवारी साधन कारवाहीमा परेका छन् । मापसे कारवाहीमा पर्नेको संख्या भने ९३ रहेको छ । गत वर्षको असार महिनामा भने ३ हजार ५ सय ९० सवारी कारवाहीमा परेका थिए । मापसे कारवाहीमा पर्ने सवारी साधनको संख्या भने ८१ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

त्यस्तै यस वर्षको असार महिनामा सवारी र मापसे कारवाहीबाट प्रहरीले ३९ लाख १३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।  गत वर्षको असार महिनामा भने २७ लाख २७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस