एसीसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, १५ : ४८
एसीसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आईतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो।टोलीमा यसअघि विश्वकप लिग-२ को अन्तिम शृंखला खेलेका सबै खेलाडी समावेश छन् । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

नेपालको टोली-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।

प्रतिक्रिया दिनुहोस