‘ए’ डिभिजन लिग अन्तर्गत नवौं चरणका ३ खेल आज हुँदै

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, ११ : २३
‘ए’ डिभिजन लिग अन्तर्गत नवौं चरणका ३ खेल आज हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबारबाट नवौं चरणका खेलहरु सुरु हुने भएका छन् । लिगको नवौं चरणका खेलहरु अन्तर्गत शनिबार तीन खेलहरु हुने भएका हुन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने भएकाे छ । मछिन्द्र र एनआरटीबीचको खेल शनिबार दिउँसो ३ बजेदिखि सुरु हुने भएकाे छ ।

मछिन्द्र शनिबार चौंथो जितको योजनामा हुनेछ । मछिन्द्र ८ खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । एनआरटी दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुने भएकाे छ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

आर्मी शनिबार चौंथो जित निकाल्न चाहन्छ । आर्मी १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । खुमलटार भने तेस्रो जित निकाल्न चाहन्छ । खुमलटार ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । त्यस्तै च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । मनाङ र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ शनिबार पाँचौं जितको खोजीमा हुनेछ । मनाङ जावलाखेललाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मनाङ १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जावलाखेल पनि पाँचौं जित निकाल्न चाहन्छ । जावलाखेल पनि मनाङलाई पराजित गरेर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

जावलाखेल १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस