संयुक्त राष्ट्र स्थायी मञ्चमा सहभागी हुन मन्त्री अमन लाल मोदी अमेरिका प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १५ : ४२
संयुक्त राष्ट्र स्थायी मञ्चमा सहभागी हुन मन्त्री अमन लाल मोदी अमेरिका प्रस्थान

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् । कतार एयरवेजको उडानबाट मन्त्री मोदी नेतृत्वको टोली दोहा हुँदै अमेरिका पुग्नेछ ।यो सत्र वैशाख ०४ गतेबाट सुरु हुँदैछ ।

सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ ।  सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहत्तर छलफल हुनेछ ।मन्त्री मोदीसँगै भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरू सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमा शंकर प्रसाद चौधरी, आदिवासी  जनजाति आयोगका सदस्य सूर्य गुरुङलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस