महासङ्घको चुनाव - मत माग्न उम्मेदवारको अनेक प्रयत्न, पानीको बोतल बाँड्दै भोट माग्दै

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १२ : ५१
महासङ्घको चुनाव - मत माग्न उम्मेदवारको अनेक प्रयत्न, पानीको बोतल बाँड्दै भोट माग्दै

काठमाडौँ । आज बिहान साढे १० बजेदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावमा मत माग्न उम्मेदवारहरूले अनेक प्रयत्न गरेका छन् । चुनावमा उठेका उम्मेदवारहरूले मतदातालाई आफ्नो नाम सम्झाउन पानीको बोतलमा आफ्नो नाम समेत छापेर ल्याएका छन् ।

आफ्ना साथीभाइलाई खटाएर आफ्नो पक्षमा मत माग्न लालायित उम्मेदवारहरुले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो नै छापेर मतदातालाई आफ्नो नाम सम्झाउने प्रयास गरिरहेका हुन् । जसमध्ये अन्जान श्रेष्ठ क्याम्पमा रहेका अरुण सुमार्गीले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो छापेका छन् ।यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारहरूले समेत यही उपाय अपनाएका छन् । उनीहरुले पनि मिनिरल वाटरको बोतलमा आफ्नो नाम छपाएर वितरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस