एजेन्सी । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २-२ को बराबरी खेलेको छ ।
लिभरपुलको मैदानमा पहिलो हाफमै दुई गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंङ्क बाँड्न बाध्य भएको हो ।
मोहम्मद सलाहाले पेनाल्टी चुकाए पनि वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले ८७औं मिनेटमा गोल गरेपछि लिभरपुलले आर्सनलसँग अंक खोसेको हो ।
आर्सनलका गाब्रिएल जेसस र गाब्रिएल मार्टिनेलीले गोल गरेका थिए । लिभरपुलका लागि मोहम्मद सलाह र रोवर्टो फिर्मिनोले गोल गरे ।
खेलको आठौं मिनेटमा मार्टिनेली र २८औं मिनेटमा जेससले गोल गरेपछि आर्सनलले आधा घण्टा नहुँदै दुई गोलको अग्रता बनाएको थियो । तर आर्सनल त्यसलाई कायम राख्न चुक्यो ।
४२औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । सालहले ५४औं मिनेटमा खेल बराबरी गर्ने अवसर गुमाए । लिभरपुलले प्राप्त पेनाल्टीमा सलाहको प्रहार पोष्ट बाहिर गय ।
तर वैक्लपिक खेलाडी फिर्मनोले ८७औं मिनेटमा गोल गर्दै आर्सनललाई खेल जित्न दिएनन् । त्यसपछि लिभरपुलले लगातार आक्रमक गरेको थियो । अन्तिमतिर आर्सनलका गोलकिपर राम्सडेले दुई सानदार बचाउ गर्दा लिभरपुल सानदार जितबाट बन्चित भयो ।
बराबरीपछि आर्सनलको ३० खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको सिटीभन्दा आर्सनल ६ अंकले अघि छ ।
एक खेल कम खेलेको सिटीको ६७ अंक छ । लिभरपुल २९ खेलबाट ४४ अंकसहित आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ चैत्र २०७९, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा