घरमा भएका हतियार प्रहरी कार्यालयमा बुझाउन चितवन प्रशासनको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, १२ : ०४
घरमा भएका हतियार प्रहरी कार्यालयमा बुझाउन चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन भनेको छ। आज सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन भनेको हो।

वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन कार्यालयले अनुरोध गरेको हो।हातहतियार नबुझाउनेलाई कारबाही गर्ने चेतावनी कार्यालयको छ।

प्रतिक्रिया दिनुहोस