सिम्रौनगढका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १३ : ५१
सिम्रौनगढका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सफ्टवेयर खरिद गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासैनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सह–सचिव) भोला दाहालले बताए ।

आयोगले बुधवार विशेष अदालतमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । आरोपीहरुले सफ्टवेयर खरिद गरेर प्रयोग नै नगरी सरकारी सम्पती बदनियतपूर्वक हानी गरेको आयोगको ठहर छ । आयोगले आरोपीहरुविरुद्ध १ लाख ९९ हजार बिगो कायम गरेर मागदावी लिएको छ । 

प्रतिक्रिया दिनुहोस