तीव्र गतिमा आर्थिक फड्को मार्न सकेनौँ, तर निराश हुनुपर्ने अवस्था छैन : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १४ : ४३
तीव्र गतिमा आर्थिक फड्को मार्न सकेनौँ, तर निराश हुनुपर्ने अवस्था छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिलेको व्यवस्था कमजोर पार्ने गरी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति, समृद्धि र विकासको मार्गमा लम्किरहेको दाबी गरे ।

‘यो लोकतन्त्र नयाँ प्रकारको लोकतन्त्र हो । यो मौलिक बाटोबाट हामीले हासिल गरेका हौं । यसलाई हरहालतमा रक्षा गर्नु, यसलाई अझै सुदृढ गर्नु, यसको कार्यान्वयनको वातावरण बनाउनु, हाम्रो लक्ष्य र कार्यभार हो,’ उनले भने, ‘यो उपलब्धि र राजनीतिक कार्यभारलाई कमजोर पार्ने गरी हुने कुनै पनि गतिविधिलाई रोक्न, यो व्यवस्थालाई कमजोर पार्ने कुनै पनि काम हुन नदिन सरकार दृढ र प्रतिबद्ध छ ।’

उनले शान्तिप्रक्रियाअन्तर्गत पहिलो राजनीतिक कार्यभार संविधान बनाएको, दोस्रो प्राविधिक काम माओवादी लडाकुको समायोजन भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस