डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १३ : ०९
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य व्यक्ति पक्राउ गरेको छ। विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई भक्तपुर दधि कोट उन्नाइस लाख, ललितपुर चाँगाथलीबाट दुई लाख, ललितपुर सानोगाउँबाट चार लाख र भक्तपुर बालकोट बाट पाँच लाख पचास हजार गरी जम्मा ३० लाख ५० हजार ठगी भएको उजुरी परेपछि अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे २ कर्थलि घर भई भक्तपुरको बालकोट बस्ने २८ वर्षका भीम बहादुर तामाङ पक्राउ परेका हुन् ।

तामाङलाई अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको र  घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस