काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकोा सरकारमा पठाउने भएको छ।प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवत: आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाईएको छ ।भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली छ: प्रकाश ज्वाला
सरकार यातायात व्यवसायीको सिण्डिकेटसामू झुक्यो : प्रकाश ज्वाला
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्नुपर्छ: प्रकाश ज्वाला
राष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल तोकौँ : प्रकाश ज्वाला
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला