चिनियाँ राजदूत र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेट

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, १४ : २३
चिनियाँ राजदूत र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालका लागि संयुक्त राष्ट्र संघ (युएनएफपीए) का नेपाल प्रतिनिधि योङ होङलाई भेटेका छन् ।नेपालमा मातृ मृत्युदर घटाउन र दिगो विकास लक्ष्यको लागि युएनको २०३० एजेण्डामा कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी विषयमा दुई जनाको बीचमा छलफल भएको चिनियाँ राजदूतावासले जनाएको छ । युएनएफपीएका नेपाल प्रतिनिधि योङलाई भेट्दा खुसी लागेको राजदूत चेनले बताएका छन् ।