सम्बन्धन खारेजको माग गर्दै रामपुर कृषि क्याम्पसमा प्राध्यापकहरु अन्दोलित

सुरेन कुँवर

सोमबार, ३२ असार २०७५, १५ : १४
सम्बन्धन खारेजको माग गर्दै रामपुर कृषि क्याम्पसमा प्राध्यापकहरु अन्दोलित

चितवन । मापदण्ड बिना सम्बन्धन दिएको भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक तथा विद्यार्थीहरु अन्दोलित भएका छन् ।

असार २१ गते विश्वविद्यालयले ८ वटा कलेजलाई सम्बन्धन दिएको चर्चा भएसँगै प्रधाध्यापक र विद्यार्थीहरु अन्दोलित बनेका हुन् ।

विश्वविद्यालयकाले आफ्ना आंगिक कलेज र केन्द्रीय कार्यक्रमहरुको गुणस्तरमा कुनै पनि ध्यान नदिई आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिन लागिएको प्राध्यापकहरुको आरोप छ ।

अहिले सम्बन्ध दिएको विद्यालयहरु बोडिङ स्कुल देखि सरकारी संस्था रहेको स्रोतले बतायो । सम्बन्धनको विरोधमा २६ गते देखि विद्यार्थीहरु अन्दोलित छन् भने दुई दिन देखि प्राध्यापकहरुले विहान १० देखि ११ बजेसम्म धर्ना दिईरहेका छन् ।

सम्बन्धन खारेज नगरे चरणबद्ध आन्दोलनमा उत्रने प्राध्यापकहरुले बताए । विश्वविद्यालय स्थापना भएको ७ बर्ष भईसकेको भए पनि गुणस्तरीय शिक्षा दिन नसकिएको नेपाल प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष उदित प्रकाश सिग्देलले जनाए ।

केन्द्रीय विश्वविद्यालयलाई सुधार गर्न नसकिएको समयमा अन्य संस्थालाई सम्बन्धन दिनु कृषीमा व्यपरीकरण हुन लागेको सिग्देलले दाबी गरे ।

सम्बन्धन दिएको २४ घण्टाभित्र जानकारी बाहिरा ल्याउनुपर्ने भएपनि गुपचुप सम्बन्धन दिनु आर्थिक चलखेलमा उपकुलपति तथा रजिस्ट्रार लागेको आरोप लगाए ।    

अहिले रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १ सय ६५ जना र ४ वटा आंगिक कलेजहरुमा ५० जना विद्यार्थी गरेर ३ सय ६५ जनाले अध्ययन गरिरहेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर स्थापना भएको बर्षौ भईसक्दा पनि प्रयोगात्मक ल्याब तथा उपकरण खरिद गर्न सकेको छैन ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष सन्तोष मरहट्टाले कृषी तथा वन विश्वविद्यालयको मर्म विपरित विश्वविद्यायका पदाधिकारीले आश्यपत्र बाढदै हिढनु गैरकानुनी प्रकृया भएको बताए ।

कृषी तथा वन विश्वविद्यालयको सम्बन्धनका लागि पहाडमा १ सय रोपनी र तराईमा ८ विगाह जग्गा कलेजको आफ्रनै हुनु पर्ने कानुनी व्यवस्था छ । अहिले सम्बन्धन पाएका संस्थाहरुको मापदण्ड अनुसार जग्गा नभएको स्रोत बताउँछ ।
 

प्रतिक्रिया दिनुहोस