मोड्रिचले गोल्डेन बल, केनले गोल्डेन बुट र एमबाप्पेले ट्रफी उचाल्दा अरुले के पाए ?

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ३२ असार २०७५, ०९ : ११
मोड्रिचले गोल्डेन बल, केनले गोल्डेन बुट र एमबाप्पेले ट्रफी उचाल्दा अरुले के पाए ?

चितवन । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न विश्वकप फुटबल २०१८ को फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको छ ।

त्यस्तै, विश्वकपको उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिक घोषित भएका छन् । उनले गोल्डन बल पाए ।  

त्यस्तै, विश्वकपको सर्वाधिक गोलकर्ता इंग्ल्यान्डका कप्तान ह्यारी केन भएका छन् । ह्यारी केनले गोल्डेन बुट जितेका छन् । केनले विश्वकपमा कुल ६ गोल गरेका छन् । उनले पानामाविरुद्ध ह्याट्रिक गोल गरेका थिए ।

त्यस्तै, विश्वकपको बेष्ट युवा खेलाडी फ्रान्सका किलियन एमबाप्पे घोषित भएका छन् । १९ वर्षीय एमबाप्पेले विश्वकपमा ४ गोल गरेका छन् ।

त्यस्तै, गोल्डेन ग्लोभ बेल्जियमका थिबाउट कौर्टोइसले जितेका छन् ।

त्यस्तै,  बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् ।

त्यस्तै, फिफा फेयर प्ले ट्रफिको उपाधि भने स्पेनले हात पारेको छ  ।

 

प्रतिक्रिया दिनुहोस