सरकारले पूर्णता पाउन अझै समय लाग्ने, सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, ११ : २९
सरकारले पूर्णता पाउन अझै समय लाग्ने, सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने

काठमाडौँ । सत्ता गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजेमात्र बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको हो । 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मंगलबार दिउँसो ४ बजे १० दलीय गठबन्धनको बैठक बस्ने तय भएको जानकारी दिए । सो मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ । 

त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुने छ । जसअनुसार सोमबार बिहान प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले मन्त्रालयको भागबण्डाबारे सहमति जुटाउन प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस