चितवनमा सवारी लाइसेन्स वितरणको सेवा सुरु, अनलाइन आवेदन फारम भर्न सकिने

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, ११ : ४१
चितवनमा सवारी लाइसेन्स वितरणको सेवा सुरु, अनलाइन आवेदन फारम भर्न सकिने

चितवन  । यातायात व्यवस्था कार्यालय चितवनले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको सेवा सुरु गरेको छ । लाइसेन्स वितरणको लागि आजदेखि अनलाइन आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सरकारी संरचना गेष्ट हाउस भवनमा सरेको यातायात कार्यालयले दैनिक ५०० जनाको कोटामा आवेदन खुलाएको हो ।

अनलाईन आवेदन फारम भरेका सेवाग्राहीको वायोमेट्रिक चैत २६ गतेको लागि राखिएको छ । बायोमेट्रिकमा आँखा परीक्षण गर्ने, फोटो खिच्ने, डिजिटल हस्ताक्षर लिनेलगायतको काम हुन्छ । बायोमेट्रिक दिएका सेवाग्राहीले लाइसेन्सको लागि लिखित परीक्षा दिनुपर्छ । लिखित परीक्षामा पास भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षा (ट्रायल)मा संलग्न गराइन्छ ।

लिखित र ट्रायल परीक्षाको दिन यातायात कार्यालयले तोक्ने छ । लिखित परीक्षा यातायात कार्यालयमा नै हुनेछ भने ट्रायल परीक्षाको लागि भरतपुर–९ स्थित महालक्ष्मी मोटर ड्राइभिङ छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस