धर्म संरक्षणका लागि चितवनमा समावेशी ब्रतवन्ध

सुरेन कुँवर

आइतबार, ३१ असार २०७५, १७ : ०४
धर्म संरक्षणका लागि चितवनमा समावेशी ब्रतवन्ध

चितवन । बागेश्वरी आध्यात्मिक परिषद ,योगी नरहरी नाथ आश्रमद्धारा संचालित योगी नरहरिनाथ संस्कृत गुरुकुलमले समावेशी ब्रतवन्ध गरेको छ । 
गुरुकुलमा अध्ययनरत विभिन्न ४ समुदायका विद्यार्थीहरुलाई आज (आईतबार) विधिवत रुपमा सामूहिक ब्रतवन्ध गरिएको हो । 
बागेश्वरी आध्यात्मिक परिषद ,योगी नरहरी नाथ आश्रमका अध्यक्ष शान्ता प्रसाद पोखरले धर्म परिवर्तनलाई रोक्न समावेशी ब्रतवन्ध गरिएको बताए । 
नेपालमा गरुकुल छन् ,उनले भने ,“यो देशकै पहिलो नमुना र समावेशी पद्धतीको गुरुकुल हो । विभिन्न जातजातीमा देखिएको विभेद अन्त्य गर्न यसको महत्व छ ।”

यस बर्ष कक्षा ६ मा ९ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । उनीहरु क्षेत्री ,मगर र गुरुङ समुदायका हुन् ।
बागेश्वरी आध्यात्मिक परिषदका संरक्षक बलभद्रनाथ योगीले जीवनलाई सार्थक बनाउन गरिने साधनलाई ब्रतवन्ध भनिने जानकारी दिए । 

प्रचिनकालमा कार्य विभाजनको लागि विभिन्न जात जातीको वर्गीकरण गरिएको भएपनि मानव जात नै एक जात भएको बताए ।  नेपालका ब्राहमण्ड समुदायकाले मात्रै गुरुकुलमा अध्ययन गर्न पाउने प्रचलन छ । अन्य समुदायका मानिसले गुरुकुल शिक्षा लिन भारतको बानरसमा पुगी जात परिवर्तन गरेर मात्र यो शिक्षा लिने गरेका थिए । 


योगी नरहरिनाथ संस्कृत गुरुकुलमका सचिव योगआर्चाय योदुनाथ पोखरेलले नेपालमै यो पहिलो समावेशी गुरुकुल भएको दावी गरे । हरेक बर्ष २१ जना विद्यार्थीलाई भर्ना गरिने छ ,उनले भने“सबै समुदायका विद्यार्थीहरु गुरुकुलमा पढ्न पाउने छन् । यो पद्धति ५० बर्ष अघिको निरन्तरता हो ।”

गुरुकुलले अगामी बर्ष देखि कक्षा १० सम्म पठनपाठन गर्ने लक्ष्य लिएको छ । गुरुकुलमा हाल आछाम ,काठमाण्डौँ , चितवनका विद्यार्थीहरुले निःशुल्क पठनपाठन गरिरहेका छन् । गुरुकुलले मेची देखि महाकालीसम्मका गुरुकुल शिक्षा लिन चहाने विद्यार्थीलाई अध्ययन गराउने उदेश्यका साथ योजनाहरु अघि बढाएको सचिव पोखरेलले बताए । 
 

प्रतिक्रिया दिनुहोस