धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।
सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन्। मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याक्टर चालकको खोजी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु