राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, १४ : १५
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् । सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो । जनस्तरको सम्बन्धलाई अझ बढि सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।  भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले द्विपक्षीय सम्बन्धमा विविध विषयमा पनि कुरा भएको बताए । 

त्यस क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरे । त्यसैगरी बेलायतसँग नेपालको सिँधै हवाई हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरूको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा संचालनका लागि पहल गरिदिन पनिसांसद शर्माको ध्यानाकर्षण गराएका थिए । सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस