‘ए’ डिभिजन लिगको पाँचौं चरण सम्पन्न

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १८ : ४२
‘ए’ डिभिजन लिगको पाँचौं चरण सम्पन्न

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौं चरणसम्मका खेल सकिएको छ । अब चैत २० बाट छैटौं चरणका खेल सुरु हुनेछन् ।

पाँचौं चरणसम्मको खेल सकिदा ३५ खेलहरु सकिएको छ र तालिकाको शीर्ष स्थानमा सातदोबाटो युथ क्लबले कब्जा जमाएको छ । सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले ११ अंक जोडेको छ । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड ११ अंक जोडेर तेस्रो स्थानमा छ । १० अंक जोडेको जावलाखेल युथ क्लब चौंथो र ८ अंक जोडेको त्रिभुवन आर्मी क्लब पाँचौं स्थानमा रहेको छ । पाँचौं चरणको खेल सकिदासम्म मनाङ र चर्च ब्वाइज अपराजित टिम हुन् ।

पाँचौं चरणमा आएर नेपाल पुलिस क्लबले पहिलो एक अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ । पाँचौं चरणसम्म कुल ७० गोल भएको छ । विपक्षी टोलीविरुद्ध मनाङ, आर्मी, जावलाखेल र एनआरटीले सर्वाधिक ७–७ गोल गरेका छन् । सर्वाधिक गोल खाने टोली एनआरटी रहेको छ ।

एनआरटीले ११ गोल व्यहोरेको छ । पाँचौं चरणसम्म सर्वाधिक गोलकर्ता सातदोबाटोका दीपक सिंह ठकुरी रहेका छन् । उनले ५ खेलमा ४ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस